×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कस्ता खानेकुरा फ्रिजमा राख्नु हुँदैन ?

कस्ता खानेकुरा फ्रिजमा राख्नु हुँदैन ?

काठमाडौं - हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ। जुनसुकै खानेकुरा वा फलफुल फ्रिजमा राखिदिने धेरै गृहणीहरुको बानी हुन्छ । फ्रिजमा राखेका वस्तुहरु सँधै ताजा र स्वच्छ रहन्छन् भन्ने सोचाई हुन्छ, उनीहरुको । तर, सबै वस्तुहरुको हकमा यो लागू हुदैन।

एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ। यस्ता केही खानेकुराको जानकारी यहाँ दिँदैछौंः

१. कफी

कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्नजान्छ।

२.गोलभेँडा

फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ।

३.प्याज

प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ। यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ। काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्नजान्छ।

४.केरा

केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ।

५.मह

मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ। फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ।

६.खरबुजा

खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ। यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ।

७. लसुन

लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ। यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ।

प्रतिकृया दिनुहोस्