×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ महानगरले नगर प्रहरीको संख्या दोब्बर बनाउँदै

काठमाडौँ महानगरले नगर प्रहरीको संख्या दोब्बर बनाउँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ ।

महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति थप्ने तयारी गरेको हो ।

काठमाडौँ महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार करार सेवा वा सेवा करार प्रणालीबाट प्रहरी राख्ने भन्ने निर्णय भई नसकेको बताउँछन् । तर, स्थायी दरबन्दी सिर्जना गरेर नगर प्रहरी नराखिने उनले बताए ।

‘करार सेवामा लिने भयौँ भने योग्यता तोकेर महानगरले सूचना निकाल्छ,’ उनले भने, ‘सेवा करार गर्ने भयौँ भने हामीले तोकेको योग्यता अनुसारका जनशक्ति उपलब्ध गराउने गरी आउटसोर्सिङ कम्पनी छान्न टेन्डर गर्छौँ ।’

सडकपेटी अतिक्रमण नियन्त्रणसँगै सरसफाइ, ट्राफिक व्यवस्थापन, दृश्य प्रदूषण नियन्त्रण, पार्किङ स्थलको व्यवस्थापन, साइकल तथा गाडा नियन्त्रण, सेटब्याकमा रहेको पसलको व्यवस्थापन, सडक पेटी मर्मत, रुखका हाँगा काँटछाँट र अव्यवस्थित तार व्यवस्थापनको काममा नगर प्रहरी खटिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्