काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अमेरिको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पनि मनाइएको छ । राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ह्वाइट हाउसमा दिपावली गरे भने दिपावलीको शुभकामना पनि दिएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन् । सो क्रममा नृत्य प्रस्तुति समेत गरिएको थियो । बाइडेनले दिपावलीको अवसरमा सम्बोधन गर्दै शुभकामना दिएका थिए । उपराष्ट्रपति ह्यारिसले पनि आफ्नो सम्बोधनमा दीपावली पर्वलाई बधाई दिएकी थिइन् ।