काठमाडौं - त्रिभुवन विश्वविद्यालय(त्रिवि)को रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।
कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई नियुक्त गरेका हुन् । केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् भने रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।
यसअघि उपकुलपति प्रा.डा. केशरजंग बरालले केसी र रिजालको नाम कुलपतिसमक्ष सिफारिस गरेका थिए ।
त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेकालाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।