×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टर्कीका विदेश मन्त्रीसँग परराष्ट्र मन्त्री पाैड्यालको टेलिफाेन संवाद

टर्कीका विदेश मन्त्रीसँग परराष्ट्र मन्त्री पाैड्यालको टेलिफाेन संवाद

काठमाडौं - परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेभल्लित कावुगोलुसँग टेलिफोन संवाद गरेकी छिन। आज बुधवार दिउँसो भएको टेलिफोनमा परराष्ट्र मन्त्री पाैड्यालले भूकम्पले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै टर्कीको दुःखमा नेपाल साथमै रहेको बताएकी छिन ।

२०७२ सालमा नेपालमा गएको भूकम्पमा टर्कीले पुर्‍याएको सहयोग स्मरण गर्दै मन्त्री पाैड्यालले विपद्को पीडा नेपालले राम्रोसँग बुझेकाले टर्कीको दुःखमा विश्वभरको साथ आवश्यक रहेको बताएकी छिन। पाैड्यालले नेपालीको अवस्थाबारे पनि चासो राख्दै नेपालीलाई सुरक्षित स्थानमा राख्ने काममा सहयोगको अपेक्षा राखेको पनि बताएकी छिन।

सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ११ हजार दुई सय जनाभन्दा धेरेको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्