×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केपी ओली कप आजदेखि, उद्घाटन खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै

केपी ओली कप आजदेखि, उद्घाटन खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै

काठमाडौं - केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् । 

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विभागीय टिम एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।


प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड, मछिन्द्र क्लब, एनआरटी क्लब, सङ्कटा क्लब र केपी ओली एफसी सहभागी छन् ।

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने छन् भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।


प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा सङ्घ नेपालले जनाएको छ । 

प्रतिकृया दिनुहोस्