×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नक्कली नोटसहित धनगढीबाट २ जना पक्राउ

नक्कली नोटसहित धनगढीबाट २ जना पक्राउ

कैलाली- धनगढीबाट नक्कली नाेट सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बी युनिक फोटो स्टुडियो सञ्चालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोर रहेकाे प्रहरीले जनाएकाे छ ।

धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा किशोरले चलाएको लु ८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकलयात्री र मोटरसाइकल चालकलाई मायामेट्रो अस्पतालमा उपचार गराई दुवै जना डिस्चार्ज भएकोमा मोटरसाइकल चालक ती किशोरले उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला पारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

साथै उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसिका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसेन, १ थान किबोर्ड, १ थान कैँची, २ थान ब्लेड, एक हजार दरको १ थान बिग्रेको नक्कली नोट र एक सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको छ । उनीहरूमाथि प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेकाे छ ।

प्रतिकृया दिनुहोस्