काठमाडौँ- नेपालमा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परीक्षणका क्रममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।