×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ललितपुरको जङ्गलमा महिलाको शव फेला

ललितपुरको जङ्गलमा महिलाको शव फेला

काठमाडौं - ललितपुरको गोदावरीमा एक जना महिलाको शव फेला परेको छ।  सोमबार गोदावरी नगरपालिका-३ कोटार डाँडास्थित जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। 

उनका अनुसार ती महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको जनाएको छ। 

पोष्टमर्टमबाट पनि घटनाबारे केही खुल्न सक्ने एसपी पोखरेलले बताए। 

‘महिलाको शव फेला परेको हो। शव पनि कुहिसकेको देखिन्छ,’ उनले भने, ‘शंकास्पद भएर हामी घटनास्थलमा पुगेका थियौं। पहिचान खुलाउने प्रयास गरिरहेका छौं।’

अहिले हराएका व्यक्तिहरूको उजुरी पनि हेर्ने काम गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्