बैतडी - बैतडीको सिगास गाउँपालिकामा बौलाहा कुकरले टोकेर मृत्यु भएका वडा नं. ७ न्वाघर स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरबहादुर साउँदको परिवार लाई वडा नं. ६ का वडाअध्यक्ष तेजबहादुर साउद र वडा नं. ७ का वडाध्यक्ष कर्ण बहादुर साउदले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
यसै बर्ष वैशाख महिनामा बौलाहा कुकुरले टोकेको केही महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि अस्पतालबाट घर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।
हिजो साउदको अन्तेष्टी पछि मसानघाटमै पुगेर सिगास गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तेजबहादुर साउद र वडा नं. ७ का वडाध्यक्ष कर्ण बहादुर साउदले आफुले पाउने सेवा सुविधा बाट २ वर्ष सम्म मासिक २/२ हजारका दरले मृतकका छोरा छोरीलाई पढ्न लेख्न राहात पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने घोषणा गरेको मृतकका आफन्तले बताएका छन् ।
बौलाहा कुकुरले टोकेर मृत्यु भएका नर वहादुर साउदको घरमा आमा बुबा, श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।
यसैबिच बुबाको निधन पछि ५ जना परिवारको बिचल्ली भएको मृतक लेखापाल नर बहादुर साउदका छोरा तेज साउदले बताउनुभएको छ । बुबाको कमाइले सम्पूर्ण परिवार पालिएको थियो अब आफूलाई ठूलो चोट लागेको उनको भनाई छ । मृतक लेखापाल की छोरी बालकृष्ण माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ भने उनका छोरा सेती प्राविधिक शिक्षालय दिपायल डोटीमा पहिलो वर्षको ओभरसियरको अध्ययन गरिरहेका छन् ।