विराटनगर- झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड नगरपालिका–१ स्थित ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका- १० का ४० वर्षीय यामनाथ राय रहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत विर्तामोड-१ मा मे १ ख १९५२ नम्बरको ट्रकले ठक्कर दिदा घाइते भएका रायको विर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोशन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।