×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुनः छानबिन निर्मला हत्या काण्ड भइरहेको छ ' गृहमन्त्री

पुनः छानबिन निर्मला हत्या काण्ड भइरहेको छ ' गृहमन्त्री

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गम्भीरतापूर्वक छानबिनको काम भइरहेको बताउनु भएको छ ।

आइतबार तनहुँको सदरमुकाम दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भएको हो । अपराधीलाई कानुनको दायमा ल्याएर अमन चैन गर्नु सरकारको दायित्व भएकाले छानबिन भइरहेको बताउनुभयो । ‘‘जसले छुट दिन्छ त्यो पनि कारबाहीमा पर्छ, गम्भीरतापूर्वक छानबिन गर्छौं’’ श्रेष्ठले भन्नुभयो । 

जुन घटना थाँती छन् त्यसलाई निकर्षमा पु¥याउ गम्भीर रुपमा छानबिन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । समृद्धिको हासिल गर्ने उद्देश्यले पूरा गर्न अर्थतन्त्रलाई लयमा ल्याउने काम सरकारले गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । ‘‘कायापलट गछौं जादुको छडी झै भन्दैनौं तर तत्कालीन समस्यालाई पहिचान गरी समाधान गरी अथतन्त्र लयमा ल्याउँछौं’’ श्रेष्ठले भन्नुभयो । 

सरकारको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उहाँको भनाइ छ । “अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

 अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उहाँले यसलाई लयमा ल्याइने बताउनुभयो । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उहाँको भनाइ छ ।

गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका काममा  ढिलाइ भएकाले समस्या परेको उहाँले बताउनुभयो । देशमा आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीको विशेष पहलकदमीमा यही चैत २९ गते बृहत् छलफल गरिने श्रेष्ठले बताउनुभयो । 

प्रतिकृया दिनुहोस्