काठमाडौँ- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताएका छन् ।
काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताए ।
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए । जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे । आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए ।