×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवलपरासीपूर्वका ६ वटा पालिकामा आज सार्वजनिक विदा

नवलपरासीपूर्वका ६ वटा पालिकामा आज सार्वजनिक विदा

नवलपरासी पूर्व- नवलपरासी पूर्व (नवलपुर)का छ वटा पालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् ।

कार्यपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक विदा हुने पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ । हरिबोधिनी एकादशीको अवसरमा जिल्लाको हुप्सेकोट गाउँपालिकाले विष्णुधाममा विशेष धार्मिक कार्यक्रम आयोजना गरेको छ । धार्मिक स्थलको रुपमा विकास गरिएको विष्णुधाममा तुलसी विवाहका साथै तोरण तर्ने कार्यहरु गरिने जनाइएको छ ।

जिल्लाकै पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही, बालीघाट, त्रिवेणी लगायतका तीर्थस्थलहरूमा हरिबोधिनी एकादशी को अवसरमा विशेष मेला लाग्ने गर्दछ ।

नारायणी नदी तटीय क्षेत्रमा लाग्ने मेलाहरुमा सांस्कृतिक कार्यक्रम सहित स्थानीय खानाका परिकार, नवलपुरको पहाडी क्षेत्रको सुन्तला, विभिन्न व्यवसायिक स्टल समेत रहने गरेका छन् ।

प्रतिकृया दिनुहोस्