×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे  बैठक बस्ने तय भएको   सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुनेछ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ ।

यसअघि, बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

जवाफमा नेकपा (माओवादी केन्द्र)का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ ।

नेकपा (एकीकृत समाजवादी)का नेताले भने शनिबार (भोलि)सम्म कुर्न आग्रह गरेका थिए । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकले एमसीसीका विषयमा धारणा तय गर्ने बताइएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरिसकेको छ ।

बिहीबारको गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

आजै दिउँसो १ बजे बस्ने गरी संसद् बैठक बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रतिकृया दिनुहोस्