×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध उजुरी

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराउन लागेका पूर्वसञ्चारकर्मी रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा उजुरी परेकाे छ । प्रवक्ता शालिग्राम शर्मा पाैडेलकाअनुसार आयाेगमा बुधबार दिउँसाे लामिछानेविरुद्ध उजुरी परेकाे हाे । राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियानका संयाेजक डम्बर शाहूले रविविरुद्ध उजुरी दर्ता गराएका हुन् । ‘केही साथीहरू आउनुभएकाे छ,’ प्रवक्ता पाैडेलले भनेका छन्, ‘अहिले प्रमुखज्यूलाई भेट्छाैँ भन्दै माथि जानुभएकाे छ । उहाँहरू आउनुहाेला र निवेदनबारे केही भन्नुहाेला ।’

मंगलबार काठमाडाैँकाे राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणा गरेका रवि हिजै निर्वाचन आयाेग पुगेर पार्टी दर्ताकाे प्रक्रिया आरम्भ गरेका छन् । जसमा आयाेगले अध्ययन गरिरहेकाे प्रवक्ता पाैडेलले बताएका छन् ।

धेरैले रविकाे प्रस्तावित पार्टीकाे नामबारे टिप्पणी गरेका छन् । कतिपयले त ‘स्वतन्त्र’ शब्दकाे दुरुपयाेग भएकाेसमेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्