×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसमा उठ्यो नीति अधिवेशनको माग

कांग्रेसमा उठ्यो नीति अधिवेशनको माग

काठमाडौँ- राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । 

कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो । कोरोना माहामारीका कारण अनलाइनमार्फत छलफल गरिरहेका कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीको विभागहरू गठन गर्न तत्काल गृहकार्य थाल्न पनि आग्रह गरेका छन् ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यका अनुसार छलफलमा केन्द्रीय सदस्यहरूले निश्चित मापदण्ड बनाएर अर्थपूर्ण र परिणामदायी विभाग गठन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । कांग्रेस विधानअनुसार अधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने उल्लेख छ । नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्