पोखरा- दोहोरो नागरिकता लिएको आरोपमा एक युवती काठमाडौंबाट पक्राउ परेकी छन् । गोरखा र कास्कीबाट दुई फरक नागरिकता लिएको आरोपमा पूजा ढकाललाई गोखरा प्रहरीले पक्राउ गरेको हो ।
पोखरा लेकसाईड माइती भएकी उनले २०६७ मंसिर ८ गते कास्कीबाट पहिलो नागरिकता लिएको र २०६७ मंसिर २८ गते गोरखाबाट अर्को नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।
पूजाले गोरखामा गाइने सार्कीलाई बुवा बनाएर नागरिकता लिएकी थिइन् । उनलाई दोहोरो नागरिकतासम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ ।