×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर मृत्यु

बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर मृत्यु

काठमाडौं- स्कुलबाट घर फर्किने क्रममा काठमाडौंमा दुर्घटनामा परेका एक विद्यार्थीको मृत्यु भएकाे छ । हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाडौंकाे नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दाहालको उपचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ । 

प्रतिकृया दिनुहोस्