काठमाडौं- काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ। बालुवाटारमा रहेकाे सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको हो।
भवनमा बिहानैदेखि देखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ।
नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकरकाे पानीले भवनमा लागेको आगो निभाउने प्रयास भइरहेकाे छ। आगलागीको कारण बालुवाटारबाट सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।