युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर ८ करोड २५ लाख रुपैयाँ सीमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
खुद नाफा घटेको बीमा शुल्क आम्दानी भने बढेको छ । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ५९.३९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले जीवन बिमा कोष पनि ३ अर्ब ६८ करोड रुपैयाँबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ । हाल चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ रहेको छ ।