×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र हरिबहादुरको जुत्ताको पहिलो गीत ‘वेला बितेसि’ सार्वजनिक

चलचित्र हरिबहादुरको जुत्ताको पहिलो गीत ‘वेला बितेसि’ सार्वजनिक

काठमाडौं - यो वर्षको प्रतीक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘वेला बितेसि’ सार्वजनिक भएको हो। गीतमा प्रकाश सपुतको शब्द, संगीत र श्याम श्वेत रसाइलीको मिक्सिङ/ मास्टरिङ रहेको छ।

गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीतमार्फत गराएका छन्। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्। रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेम देख्न सकिन्छ। गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका छन् । यसअगाडि सार्वजनिक चलचित्रका पोस्टरले दर्शकको ध्यान खिचिरहेको छ। गीतले दर्शकको मन जित्ने देखिन्छ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदै छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्। कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समस्र खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस्