×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोगले किन गर्‍यो डेढ अर्ब फिर्ता ?

निर्वाचन आयोगले किन गर्‍यो डेढ अर्ब फिर्ता ?

काठमाडाैँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए ।

आयोगले स्थानीय निर्वाचनको लागि मन्त्रालय समक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो, तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो । -गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्