×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधान न्यायाधीशको अडान- ‘राजीनामा दिन्नँ’

प्रधान न्यायाधीशको अडान- ‘राजीनामा दिन्नँ’

काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । बरु आफू महाभियोगको सामना गर्न तयार रहेको उनले बताएका छन् । बीबीसीका शरद केसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘न्यायालयलाई लथालिङ्ग पारेर म जान्नँ । संविधानको प्रक्रियाबाट आएको व्यक्ति हुँ म । संविधानकै प्रक्रियाबाट जाने हो ।’

उनले आफू कसैको दबाब वा प्रभाव नपार्नेसमेत स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘सडकबाट राजीनामा मागिँदैमा दिन नहुनेमा म सतर्क छु । जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु । राजीनामा दिने पक्षमा छैन ।’ प्रधान न्यायाधीश जबरालाई नेपाल बार एशोसिएशनले समेत राजीनामा दिन भनेको छ । खासगरी मन्त्रिपरिषद्‌मा भाग खोजेको, निष्कलङ्कित न्यायालय बनाउने विषयमा चासो नदेखाएकोलगायतका आरोपहरू उनीमाथि छन् ।  उनले राजीनामा दिनुपर्ने भन्दै चाैतर्फि दबाब बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्