×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आरजु राणाको वडाबाट जिल्लाकै कान्छा वडा सभापति निर्वाचित

आरजु राणाको वडाबाट जिल्लाकै कान्छा वडा सभापति निर्वाचित

धगनढी- कैलालीको धनगढी उपमहागनरपालिका ४ मा नेपाली कांग्रेस वडा सभापतिमा जिल्लाकै कान्छा व्यक्ति सन्तोष रावल निर्वाचित भएका छन् । २५ वर्षीय रावलले प्रतिद्वन्द्वी अनन्तराज जोशीलाई ४४ मतले पराजित गर्दै सभापतिमा जित हात पारेका हुन् ।

रावलले एक सय ४९ मत प्राप्त गरेका थिए भने जोशीले एक सय पाँच मतमात्रै पाएका थिए । उक्त वडा कांग्रेस नेतृ डा आरजु राणाको निर्वाचन क्षेत्र हो ।

रावल तरुण दल क्षेत्रीय सदस्य हुँदै लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको सहसचिवसमेत भइसकेका छन् । १३औँ महाधिवेशनमा क्रियाशील भएर राजनीतिक यात्रामा अग्रसर भएर लागेका रावल अहिले वडा सभापतिसम्म पुगेका हुन् ।

वडा सभापतिमा निर्वाचित भइसकेपछि आफूले कांग्रेसमा युवा र अघिल्लो पुस्तालाई जोड्न पुलको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्