काठमाडौँ - प्रधान मन्त्री शेरबहादुर देउवा भारतीय दूतावास पुगेका छन् । देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै दूतावास पुगेर फर्किएका हुन् । प्रधान मन्त्री देउवा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न दूतावास पुगेका हुन् । क्वात्रा विदेश सचिव भएर भारत फर्कंदै छन् ।