×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडाैं- प्रतिनिधि सभा बैठकको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधि सभाकाे शुक्रबार बसेकाे बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । 

‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेकाे छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्पर्धी छन् ।

प्रतिकृया दिनुहोस्