×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा, आदिल र जोराको पुनरागमन

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा, आदिल र जोराको पुनरागमन

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आगामी असोज दोस्रो साता युएईमा वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। यो सिरिज शारजाहमा हुनेछ र यसलाई 'युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिज' नाम दिइएको छ।

घोषित टोलीमा अलराउन्डर आदिल अन्सारीले स्थान बनाएका छन्। अघिल्लो महिना नेपाल 'ए' टोलीका साथ भारत भ्रमण गरेका आदिलले झण्डै तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।

नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो। यो सिरिज आगामी असोज ११, १३ र १४ गतेका लागि तय भएको छ।

यो सिरिज ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ। दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँगको खेलले नेपाली टोलीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव प्रदान गर्नेछ। वेस्ट इन्डिजसँगको सिरिज लगत्तै नेपाली टोली विश्वकप छनोटका लागि सोझै ओमान प्रस्थान गर्नेछ।

ओमानमा हुने नौ टोली सहभागी छनोट प्रतियोगितामा शीर्ष तीन स्थानमा पर्न सफल भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टोली:

  • रोहित कुमार पौडेल (कप्तान)
  • दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
  • कुशल भुर्तेल
  • लोकेस बम
  • कुशल मल्ल
  • आसिफ शेख
  • आदिल अन्सारी
  • करण केसी
  • नन्दन यादव
  • सन्दीप लामिछाने
  • सन्दीप जोरा
  • आरिफ शेख
  • ललितनारायण राजवंशी
  • गुलशन झा
  • सोमपाल कामी
  • साहब आलम

प्रतिकृया दिनुहोस्