काठमाडौं- अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको वुझिएको छ । यसकारण, पनि स्वेता लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।
उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ । हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । स्वेताले कार्तिकको अन्तिममा सन्तानलाई जन्म दिन लागेको वुझिएको छ । स्वेताले फिल्म साइन गरेपनि काम सुरु हुन सकेको छैन । यसैले, अब उनले सन्तानलाई जन्म दिएपछि मात्र घरकै फिल्ममा काम गर्ने वुझिएको छ ।
धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।