×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सत्तारूढ दलकाे सांसदलेनै गरे मन्त्रीको राजीनामा माग

सत्तारूढ दलकाे सांसदलेनै गरे मन्त्रीको राजीनामा माग

काठमाडौँ ।  सत्तारूढ दल   नेकपा (एमाले) का सांसद किरणकुमार शाहले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले मन्त्री चौरसीयाको राजीनामा माग गरेका हुन् ।

उनले पूर्वमन्त्री मोहम्मद अफतवब आलमल सफाई प्रकरणमा मन्त्री चौरसियाले न्यायसम्पादनमा हस्तक्षेपकारी भूमिकामा खेलेको आरोप समेत लगाए । उनले पूर्वमन्त्री आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको प्रकरणलाई लिएर देशभर न्यायपालिकाको विश्वसनीयता र सरकारको नैतिकतामाथि प्रश्न उठेको बताए ।

एक जना मन्त्रीकै कारण न्यायपालिकामाथि शंका उत्पन्न हुनु लोकतन्त्रकै लागि खतरा भएको उनको भनाइ छ । उनले भने ‘आलम सफाई प्रकरणलाई लिएर देशभरिको न्यायपालिकाको विश्वसनीयता र सरकारकै नैतिकतामाथि प्रश्न उठिरहेको छ । विभिन्न मिडियामा आएको समाचार अनुसार यस प्रकरणमा कानूनमन्त्री अजयकुमार चौरसियाले न्याय सम्पादनमा ठाडो हस्तक्षेप गरेको आरोप लागेको छ । एकजना मन्त्रीकै कारण न्यायपालिकामाथि शंका उत्पन्न हुनु लोकतन्त्रकै लागि खतरा हो ।

संविधान र कानुनको कार्यान्वयन र संरक्षण गर्ने मन्त्री नै हस्तक्षेपकारी भूमिकामा देखा पर्नु घोर आपत्ति जनक छ । त्यसैले कानूनमन्त्री चौरसियाले तुरुन्त राजीनामा दिनुपर्छ । उहाँको कल डिटेल्स छानबिन होस् ।’ संविधान र कानुनको कार्यान्वयन र संरक्षण गर्ने जिम्मेवारी लिएको मन्त्री नै हस्तक्षेपकारी भूमिकामा देखिनु आपत्तिजनक रहेको भन्दै उनको कल विवरणको छानबिन गर्न समेत माग गरे ।

संविधान सभा निर्वाचनका बेला २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम घरमा बम विस्फोट हुँदा भएको मृत्यु प्रकरणमा उनले सफाई पाएका थिए । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई गत जेठ १४ गते सफाई दिएका थिए ।

प्रतिकृया दिनुहोस्