दार्चुला - देशभर चलिरहृकाे सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अधिवेशनमा पदका लागि निकै दाैडघुप चलिरहेका बेला एक जना यस्ता भाग्यमानी भएका छन् जाे कांग्रेस र एमालेले चयन गरेकाे दुबै समितिमा परेका छन् । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका शंकर सिंह डोबाल एमालेको वडा सचिवमा पनि चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा पनि डोबाल सचिवमा चयन भएका छन् ।
‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।