×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अलमुताइरीद्वारा फूटबल टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा

अलमुताइरीद्वारा फूटबल टिमको मुख्य प्रशिक्षक  पदबाट राजीनामाको घोषणा

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सम्झौता अवधि बाँकी रहँदै आज एक्कासी राजीनामा घोषणा गरेपछि अहिले फुटबल जगत तरंगित भएको छ ।

साफ च्याम्पियन्सिपको तयारीका लागि राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिनुपर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको बताएका छन् ।

‘म राजीनामा दिन जान लागेको छु । यसको कारण एन्फाकै वरिष्ठ उपाध्यक्ष हुन् । पछिल्लो तीन सातादेखि उनले मलाई समस्या उत्पन्न गराइरहेका छन्’, कतारी नागरिक अलमुताइरीले नेम्वाङप्रति मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।     

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

प्रतिकृया दिनुहोस्