×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि प्रदर्शन, नतिजा समयमै प्रकाशित गर्न माग

नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि प्रदर्शन, नतिजा समयमै प्रकाशित गर्न माग

काठमाडौं-  नेपाल विद्यार्थी संघले परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्‍वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेको छ।

त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्‍नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्‍नपत्र बेचेको भन्‍दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावलले बताए।

त्रिविका पदाधिकारीहरूले पटक-पटक विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको उनको आरोप छ। कहिले प्रश्‍न पत्र दोहोर्‍याएर त कहिले समयमै परीक्षाको नतिजा ननिकालेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको रावलले बताए।

उनले बीएड पहिलो सेमेष्टरको परीक्षा साढे दुई वर्ष हुँदा पनि त्रिविले नतिजा नल्‍याएको आरोप लगाए। यसका साथै नेविसंघले त्रिविले प्रश्‍नपत्र दोहोरिएको विषयबारे छानबिन गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

  •  

प्रतिकृया दिनुहोस्