काठमाडौँ- अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गरेका हुन् ।
‘द मस्ट वान्टेड’, ‘जन्जिर’, ‘सम्झि दिए पुग्छ’, ‘२ दुना ५’, ‘ह्याप्पी न्यू इयर’, ‘पल्टन’ लगायत करिब दर्जन चलचित्रमा अभिनय गरेका श्रेष्ठले आधा दर्जन बढी चलचित्र निर्माण समेत गरेका छन् । उनी पछिल्लो समय चलचित्र वितरकको रूपमा सक्रिय छन् । श्रेष्ठ साइकलमा नेपाली झण्डा राखेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।