हिरासतमा रहेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन पुगेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई आवेशमा आएर आरोपीलाई लिफ्ट दिनु गलत भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
मंगलबार पदबहाली पश्चात मन्त्रालयबाट भएका मुख्य कामका बोरमा जानकारी दिन मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षामन्त्री श्रेष्ठको कामलाई ‘दुर्भाग्यपूर्ण’ भएको समेत बताए ।
मन्त्री श्रेष्ठले भने, ‘गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो ठीक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयंको पनि यस विषयमा ध्यानाकर्षण भएको छ ।’
केही दिनअघि काठमाडौंस्थित बबरमहलमा रुपा सुनारलाई जातको कारण देखाउँदै कोठा भाडामा नदिएको अभियोगमा प्रहरीले घरभेटी प्रधानलाई हिरासतमा लिएको थियो । हिरासतमा लिएको ३ दिनपछि शिक्षामन्त्री श्रेष्ठ आफैँले प्रधानलाई घरसम्म छाडेका थिए ।