×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

 रोल्पा - रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको डीएसपी सुवेदीले बताए ।जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

प्रतिकृया दिनुहोस्