पोखरा- पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने गाडी पल्टिएको छ । केरिबेर अघि जहाजमा तेल भर्न जाने क्रममा उक्त गाडी विमानस्थलमै पल्टिएको हो । गाडी पल्टिएपछि पोखराबाट हुने उडान प्रभावित भएको छ । क्रेन झिकाएर गाडी हटाउन लागिएको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए ।