×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुजिता भण्डारीको मृत्युबारे निष्पक्ष छानबिन होस् : कांग्रेस

सुजिता भण्डारीको मृत्युबारे निष्पक्ष छानबिन होस् : कांग्रेस

नेपाली कांग्रेसले चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार (आज) विज्ञप्ति निकालेर ‘सुजिताको अपहरण गरी हत्या गर्ने दोषीमाथि अविलम्ब कारबाहीको माग’ गरेका हुन् ।

घटनाको प्रकृतिले गम्भीर आशंका जन्माएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

देशको विभिन्न भागमा महिलाउपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको भन्दै प्रवक्ता शर्माले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रवक्ता शर्माले भनेका छन्— ‘पूर्वी चितवनको घटनाको गहिराइसम्म पुगेर अनुसन्धान गर्न माग गरिरहँदा नेपाली कांग्रेस यो प्रश्नमा पनि सबैको ध्यानाकर्षण गराउँदछ ।’

सुजिताकी आमाकाअनुसार सुजिताले फोनमार्फत आफूलाई बचाउन भनेकी थिइन् ।

प्रतिकृया दिनुहोस्