×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कञ्चनपुरमा गाडिएको अवस्थामा भेटिए पशुचौपाया

कञ्चनपुरमा गाडिएको अवस्थामा भेटिए पशुचौपाया

काठमाडौँ- कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरू आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन् । 

वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करिब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन् । तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन । स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन् ।

व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेपछि राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको मेयर भोजराज बोहराले बताए ।

उनले सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पुर्‍याइएको बताउँदै खाडलमा गाडिएको अवस्थामा भेटिएको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । तर मंगलबार बिहान गौशालामा राखिएका १५३ र यसअघि व्यवस्थापन गरिएका करिब अढाई सय गाईगोरु समेतलाई अज्ञात समूहले गौशालाबाट निकालिदिएपछि समस्या भएको उनको दाबी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले गाईगोरु खाडलमा गाडिएको अवस्थामा भेटिएको सामाजिक सञ्जालबाट थाहा पाएको बताए । तर कानूनी कारवाहीका लागि कुनै व्यक्ति वा पक्ष जिल्ला प्रहरी कार्यालयसम्म नपुगेको बताए ।

प्रतिकृया दिनुहोस्