×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‌ओलम्पिकमा नेपालका एलेक्सले आज खेल्दै

‌ओलम्पिकमा नेपालका एलेक्सले आज खेल्दै

टोकियो ओलम्पिकमा अन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले आज प्रतिसपर्धा गर्दैछन् । उनी सम्मिलित हिटमा ७ खेलाडीले नेपाली समय अनुसार दिउँसो ३:४५ बजे प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले १ सय मिटर फ्रीस्टाइलको पहिलो हिटमा छैटौं लेनमा रहेर प्रतिस्पर्धा गर्नेछन् ।

एलेक्सले ओलम्पिकमा युनिभर्सियालिटि प्लेसेसका आधारमा स्थान बनाएका हुन् । उनले यो हिटमा वाइल्ड कार्ड र युनिभर्सियालिटीका आधारमा छनोट भएकाहरुसँग प्रतिस्पर्धा गर्दैछन् । यो स्पर्धामा एलेक्सको राष्ट्रिय कीर्तिमान पनि रहेको छ । उनले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा ५५.३८ सेकेन्डको कीर्तिमानी समय निकालेका थिए ।

हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा समान ८-८ खेलाडी रहेका छन् । पौडीमा नेपालकी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्नेछिन् ।

यसअघि नेपालबाट सहभागि जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीटर एयर राइफलमा प्रतिस्पर्धामा पराजित भएका थिए । एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

 
 

प्रतिकृया दिनुहोस्