×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असोज १ गते सांसदलाई सभामुखले विदाई ‘भोज’ दिने

असोज १ गते सांसदलाई सभामुखले विदाई ‘भोज’ दिने

काठमाडौं - बि.स. २०७४ सालको प्रतिनिधिसभामा निर्वाचित सांसदको ५ वर्षे कार्यकाल असोज २ गते सकिँदैछ ।

असोज २ गते आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्द सूची पेश भएसँगै २०७४ सालमा निर्वाचित सांसदको कार्यकाल सकिन लागेको हो ।

असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदलाई बिदाइ गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा नै ‘भोज’ खुवाएर बिदाइ गर्न लागिएको सचिवालय स्रोतले जनाएको छ ।

२०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसद पहिलो पटक २०७४ सालकै फागुन २१ संसद् प्रवेश गरेका थिए ।

प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै त्यसै दिन अन्तिम बैठक राखेर सांसदलाई बिदाइ गर्न लागिएको हो ।

संसद् सचिवालयले भदौ २९ गते बैठक राखेको छ । त्यसै दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने संसद् सचिवालयको कार्यतालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्