×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘जिम्बावे ए’विरुद्ध नेपालको सानदार जित

‘जिम्बावे ए’विरुद्ध नेपालको सानदार जित

काठमाडौँ- दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ए विरुद्ध सानदार जित निकालेको छ। किर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ए लाई ९ विकेटले हराएको हो। जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गरेको छ। नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए भने आसिफ शेखले अविजित ३४ रन जोडेका छन्। विनोद भण्डारी ४ रनमा अविजित रहे।

त्यस्तै, जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो। नेपालका सोमपाल कामी र करण केसीले ३-३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

जितसँगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ। अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ।

प्रतिकृया दिनुहोस्