काठमाडौँ-आज सोमबार न्यायापरिषद्को बैठक बस्ने भएको छ। न्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीशहरूको दरबन्दी रिक्त रहेको अवस्थामा बैठक बस्न लागेको हो।
नियमित तालिकाअनुसार नै बैठक बोलाइएको हो। प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने व्यवस्था छ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा रहेकाले कामु प्रधानन्यायाधीशको अध्यक्षतामा बैठक बस्नेछ।