×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रसाई र रास्वापा समुहसगँ बार्ता गर्ने भनेपछि छलफलवाट बाहिरियो जेनजीको केहि समुह

प्रसाई र रास्वापा समुहसगँ बार्ता गर्ने भनेपछि छलफलवाट बाहिरियो जेनजीको केहि समुह

काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये  केहि युवाहरू बाहिर निस्किएका छन् । छलफलका पुगेकी रक्षा बम लगायतका केहि युवाहरू छलफलबाट बाहिर निस्किएका हुन् ।  उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएकाे सामाजिक सञ्जालवाट जानकारी दिएकी छन् ।

‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनेकी छन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरुपमा अनविज्ञ छु ।’

उनले प्रधानसेनापतिसमक्ष वार्ताका लागि नभइ आफ्नो मागहरु तयार गर्न समय चाहिन्छ भन्नलाई पुगेको बताएकी छन् । ‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारी प्रतिनिधिहरु मिलेर एउटै दस्तावेजमा काम गर्नेछौं,’ उनले भनिन्, ‘हामी सबै एकैठाउँमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेनाप्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौं भन्ने सहमतिसहित मात्र बाहिरिएका थियौं ।’

जेनजीका मागहरु, राज्यको आगामी बाटो जानजीले तयार गर्नुपर्छ भन्ने आफूहरुको मुख्य अडान रहेको उनले भनेकी छन् । अहिले जंगीअड्डामा जेनजी प्रतिनिधिहरु छलफलमा छन् ।

प्रतिकृया दिनुहोस्