नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तोलामा १०० रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।