×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इप्रकाबाट ६ थुनुवा फरार प्रकरण : तीन कर्मचारी निलम्बित

इप्रकाबाट ६ थुनुवा फरार प्रकरण : तीन कर्मचारी निलम्बित

काठमाडाैँ- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर ६ बन्दी भागेपछि तीन प्रहरी निलम्बित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ ।

हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेपनि घटनामा प्रहरीको लापरबाही देखिएको बताइएको छ ।

घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् । यस्तै पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजना पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँच जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्