×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल प्रहरीमा नयाँ नेतृत्वको ढोका खुल्यो: चार डीआईजी एआईजीमा सिफारिस

नेपाल प्रहरीमा नयाँ नेतृत्वको ढोका खुल्यो: चार डीआईजी एआईजीमा सिफारिस

काठमाडौं - नेपाल प्रहरीमा लामो समयदेखि रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिले आज बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका चार डीआईजीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुनेहरूमा डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन्।

प्रहरी महानिरीक्षक तथा बढुवा समितिका सदस्यसचिव चन्द्रकुबेर खापुङले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम यी चार जना डीआईजीहरूलाई एआईजीमा बढुवा सिफारिस गरिएको जानकारी दिए।

यस बढुवा सिफारिससँगै नेपाल प्रहरीमा नेतृत्व विकासको नयाँ अध्याय सुरु भएको छ भने संगठनको कार्यसम्पादनमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ। अब मन्त्रिपरिषद्ले यस सिफारिसलाई अनुमोदन गरेपछि उनीहरूको पदस्थापन प्रक्रिया अघि बढ्नेछ।

प्रतिकृया दिनुहोस्