×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म

दैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म

काठमाडौं- वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली  भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो ।

सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्ने भएको छ । प्राधिकरणले भोलि १७६ मेगावाटसम्म बिजुली निर्यात गर्नेछ । कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।

सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्युनतम् ४,७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२,८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणलो जनाएको छ । भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक-फरक तय हुन्छ ।

प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाइरहेको हो । भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी कारण पंखा र एसीको प्रयोगले माग उच्च हुने गरेको छ ।

रातमा खरेर जाने बिजुली नै बेच्न सक्ने अवस्था रहेकाले प्राधिकरणले राम्रो मूल्य पाएको अधिकारीहरु बताउँछन् । सोमबार मात्रै नेपालबाट भारतमा ५ करोड १२ लाख ४१ हजार नेपाली रुपैयाँ ९३ करोड २० लाख भारु०को बिजुली विक्री गर्नका लागि दर स्वीकृत भएको छ ।

भारतले अहिलेसम्म नेपाललाई ३६४ मेगावाटका आयोजनाका बिजुलीलाई भारत निर्यात गर्न अनुमति दिएको छ । मनसुन सुरु भएपछि नेपालले भारतबाट अनुमति पाएका सबै आयोजनाबाट बिजुली निर्यात गर्नेछ । यसअनुसार नेपालले वर्षयाममा दैनिक १० करोडभन्दा बढीको बिजुली बेच्न सक्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस्