काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान साढे ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।
सत्ता साझेदार दलबीचको भागबन्डामा उपसभामुख रास्वपाको भागमा परेको हो । रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरू आकांक्षी छन् ।
तर रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउने सम्भावना बलियो छ । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले कानुनमा बीएलएलबी गरेकी छन् छ। उपसभामुखको चुनाव यही माघ ७ गते हुँदैछ ।