×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । ‘प्रश्न उठिसकेपछि राजीनामा दिएर सहयाेग गर्नुपर्ने हाे, उहाँले दिनुहुन्छ हाेला र दिनुपर्छ पनि,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भनेका छन् । 

अहिले सत्तारुढ गठबन्धनकाे बैठक बसिरहेकाे छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेकाे बैठकमा गठबन्धनका नेताहरूबीच गभर्नरमाथि उठेकाे प्रश्नबारे कुरा झिकेका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् ।

एमालेले अर्थ तथा याेजना समितिमा गभर्नर अधिकारीकाे नाम भेटिएकाे भन्दै अहिले तीव्र आलाेचना भइरहेकाे छ । याे विषयमा शुक्रबार पनि गठबन्धनका नेताहरूबीच कुराकानी भएकाे थियाे । ती नेताले भने, ‘आजकाे बैठकमा पनि हामीले कुरा उठाएका थियाैँ । त्यसक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।’

एमालेकाे उक्त समितिमा भने एम अधिकारी नाम राखिएकाे छ । गभर्नर अधिकारी २०७३ सालमा एमालेकाे साेही समितिका सदस्य थिए । खाेटाङ ठेगाना भएका एम अधिकारी उनै गभर्नर अधिकारी हुन् भन्ने कुरा तीव्ररूपमा उठिरहेकाे छ ।

प्रतिकृया दिनुहोस्